काठमाडाैं । नेकपा एमालेकी सांसद् सुनिता बरालले संघीय शिक्षा एेन तत्काल अघि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै सांसद् बरालले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन संघीय शिक्षा ऐन तत्काल सदनमा ल्याउनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा जाँदा संघीय शिक्षा एेनकाे मस्याैदा तयार भइसकेकाे बताइरहनुभएकाे भन्दै उहाँले के कारणले राेकियाे भन्ने जवाफ तत्काल ल्याउन माग गर्न
बताइरहनुभएकाे उहाँले प्रश्न गर्नुभयाे - 'हाम्रा सम्माननिय प्रधामन्त्रीज्यूले शिक्षासँग सम्बन्धित कार्यक्रममा जाँदा निक्कै प्रिय भाषण गर्दै शिक्षा एेन तयारी अवस्थामा छ भन्ने गर्नुभएकाे छ, अब शिक्षा एेन के कारणले राेकिएकाे छ ? यसकाे जवाफ अपेक्षा गर्छु ।' शिक्षासँगै सम्बन्धित विधेयकहरुमा प्रयाप्त र आवश्यक छलफल गर्दै साे एेन चाँडै जारी हुनुपर्ने सांसद् बरालले बताउनुभयाे ।
संघीय शिक्षा एेन ल्याउँन नसक्दा, प्रदेश र स्थानीय तहमा एेन कानुन बाझिँदा शिक्षा क्षेत्र तहस नहस भएकाे उहाँले बताउनुभयाे । विद्यालय शिक्षा दिनप्रतिदिन ओरालाे लागिरहेकाे भन्दै सांसद् बरालले शिक्षा व्यवस्थित हुन नसकेकाे बताउनुभयाे ।
