काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीलाई समयमै बैठकमा उपस्थित हुन रुलिङ गर्नुभएकाे छ ।
आइतबार बसेकाे बैठककाे राष्ट्रिय सभा बैठककाे सुरुमै अध्यक्ष तिमिल्सिनाले बैठक सुरू हुने निर्धारण समयभित्रै बैठकमा अनिवार्य उपस्थित भइसक्न सरकारका मन्त्रीहरूलाई रूलिङ गर्नुभयाे ।
राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइएपनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिलाे सुरु भएकाे थियाे ।
