काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताउनुभएको छ ।
आइतबार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन-कुन मन्त्रालयमा जाने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताउनुभयाे ।
उहाँले कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको दाबी पनि गर्नुभयाे ।
उपसभापति खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर कुनै विवाद नरहेको दाबी गर्नुभयाे । दुई-तीन दिनभित्रै सरकारले पूर्णता पाउने उहाँले बताउनुभयाे ।
