काठमाडौं । नेपाली कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले लालपूर्जा वितरण प्रक्रियालाई चाँडो सक्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् शर्माले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अन्तिम मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयाे ।
देशभरका लालपूर्जाबिहीन नागरिकले लालपूर्जा कहिले आउँछ भनेर सोधिरहेको भन्दै उहाँले साे विषय तत्काल टुंगाेमा पुर्याउन माग गर्नुभयाे ।
लालपूर्जा वितरण गर्दा चार विषयलाई ध्यान दिन समेत सांसद् शर्माले सरकारलाई सुझाउनुभयाे - 'नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस्, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस्, कर समायोजनसँगै लालपूर्जा वितरण अघि बढाइयोस्, अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् ।'
