काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले २ वटा सम्भावित कार्यसूची तय गरेकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८-०७९)' पेस गर्नुहुनेछ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलाे संशाेधन) विधेयक, २०७७ माथि विचार गरियाेस् भन्ने प्रस्ताव प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
