काठमाडाैं । राष्ट्रिय सभाले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकले साे विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे हाे ।
सांसद् डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भनी प्रस्तुत गर्नुभएकाे प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाको अर्को बैठक चैत २१ गते बस्नेछ ।
