काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग लगायत विभिन्न चार आयोगका वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस भएका छन् ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, ०७८-७९, थारु आयोगको चौंथो वार्षिक प्रतिवेदन, ०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौंथो वार्षिक प्रतिवेदन, ०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, ०७८-७९ पेस गर्नुभएकाे हाे ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट ती प्रतिवेदन सभासमक्ष पेस गर्नुभएकाे हाे ।
