काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि विभिन्न ४ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय समावेशी आयाेगकाे चाैथाे प्रतिवेदन (आ. व. ०७८- ०७९)' पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रतिनिधि सभा नियमावलीमा दफावार छलफल र पारित गर्ने कार्यसूची पनि तय छ ।
