काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर प्रसाद गैरेले मिटरब्याज पीडितमाथि फेरि अर्काे धाेकाधडी भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गैरेले सरकारले एउटा आयाेगकाे प्रतिवेदन धन्क्याएर अर्काे आयाेग गठन गरेर पीडकलाई उन्मुक्ति दिन खाेजेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'मिटरब्याजीहरुबाट पीडित भएका नागरिकमाथि फेरि अर्काे धाेकाधडी भएकाे छ, एउटा आयाेगकाे प्रतिवेदन धन्क्याएर,फेरि अर्काे आयाेग गठन गरेर याे विषयलाई लम्ब्याउने अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएकाे छ, याे करेक्सन हुनुपर्छ र पीडकहरुलाई तत्काल कारबाही हुनुपर्छ ।'
विशेष र शून्य समयमा उठेका प्रश्न जवाफ दिन सरकारकाे ध्यानाकर्षण गराउँदै सांसद् गैरले भन्नुभयाे - 'यी विषयकाे जवाफ सरकारले दिनुनपर्ने ? के हामी नियमअनुसार चलेका छाैं ?'
