काठमाडाैं । नेकपा एकीकृत समाजवादी प्रतिनिधि सभा संसदीय दलकाे प्रमुख सचेतकमा मेटमणि चाैधरी नियुक्त हुनुभएकाे छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधव कुमार नेपालले साेमबार चाैधरीलाई प्रमुख सचेतक नियुक्त गर्नुभएकाे चाैधरीकाे सचिवालयले जनाएकाे छ ।
एकीकृत समाजवादीले यसअघिका प्रमुख सचेतक प्रकाश ज्वाला भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएपछि उहाँकाे ठाउँमा चाैधरीलाई प्रमुख सचेतक बनाएकाे हाे ।
मंसिर ४ गते सम्पन्न चुनावमा चाैधरी दाङ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । चाैधरी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।
