काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बैठकका लागि ३ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा 'सावर्जनिक सेवा प्रसारण विधेयक, २०७८' र 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ ।
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'लोक सेवा आयोगको त्रिसट्ठीऔं वार्षिक प्रतिवेदन (२०७८ श्रावण-२०७९ आषाढ)' पेस गर्नुहुने कार्यसूची छ ।
