काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार कार्यव्यवस्था परामर्श समिति गठन गरेकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले समितिमा मनोनयन गरिएको सदस्यहरुको सूची वाचन गर्नुभयाे । प्रतिनिधि सभाको नियम १३ अनुसार समिति गठन गरिएको उहाँले बताउनुभयाे । समितिमा सभामुख, उपसभामुख, कानुन न्याय तथा संसदीय मामिलामन्त्री रहने व्यवस्था छ ।
यी हुन् समिति सदस्य:
१. अजय कुमार चौरसिया २. अनिता देवी ३. गंगाराम चौधरी ४. जीवन परियार ५. तारा लामा तामाङ ६. नागिना यादव ७. पदम गिरी ८. प्रदिप यादव ९. महेश कुमार बर्तौला १०. मेटमणि चौधरी ११. रमेश लेखक १२. रामप्रकाश चौधरी १३. रामहरि खतिवडा १४. रुपा सो.शी. (चौधरी) १५. लिलानाथ श्रेष्ठ १६. विद्या भट्टराई १७. सन्तोष परियार १८. सरिता प्रसाई १९. हितराज पाण्डे २०. ज्ञान बहादुर शाही
