काठमाडाैं । प्रतिनिधि सभामा सार्वजनिक सेवा प्रसारणसहित दुई विधेयक टेबुल भएका छन् ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ टेबुल भएका हुन् । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ती विधेयक टेबुल गर्नुभएकाे हाे ।
बैठकमा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पनि पेस भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले 'लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन (२०७८ साउन-२०७९ असार)' पेस गर्नुभएकाे हाे ।
प्रतिनिधि सभाको अर्को बैठक चैत २४ गते शुक्रबार दिउँसाे १ बजे बस्नेछ ।
