काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले सदनमा मौनधारण गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा उहाँले सरकारकाे विराेध गर्दै माैनधारण गर्नुभएकाे हाे । सांसद्हरुले सदनमा उठाएका विषय सरकारले नसुनेको भन्दै सांसद् ढकालले त्यसको विरोधमा शून्य समयमा मौनधारण गर्नुभएकाे हाे ।
सम्माननीय सभामुख महोदय भनेर माैनधारण गरेपछि... उहाँले भन्नुभयाे - 'यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ, धन्यवाद ।'
प्रतिनिधि सभा नियमावली अनुसार शून्य समयमा १ मिनेटको समय तोकिएको हुन्छ ।
