काठमाडाैं । नेकपा एमालेकी सांसद् विद्या भट्टराईले गृह मन्त्रालयले हालै जारी गरेकाे परिपत्रमाथि आपत्ति जनाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् भट्टराईले गृह मन्त्रालयकाे पञ्जिकरण विभागले संविधान र कानुन विपरित मावलीको धर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाउनुभएकाे हाे ।
सरकारले आमाकाे पहिचान र अस्तित्वलाई अस्विकार गरेकाे भन्दै उहाँले संविधान र देवानी संहिता अनुसार भाषा प्रयाेग गरी पुन: परिपत्र गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् भट्टराईले भन्नुभयाे -'एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा ६ हजार ७ सय ४३ सबै वडामा चैत्र २२ गते परिपत्र गरेको छ, संवैधानिक र कानुन व्यवस्थालाई ख्याल नगरी जारी गरिएको परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ, परिपत्रले संविधान र कानुनले स्थापित गरेको आमाकाे पहिचान र अस्तित्वलाई अस्विकार गरेको छ, संविधान र देवानी संहिता अनुसार भाषा प्रयाेग गरी पुन: परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।'
