काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको विभिन्न समयमा सांसद्ले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक, विशेष र अन्य समयमा सांसद् उठाएका जिज्ञासा तथा प्रश्नकाे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयाे । उहाँले भन्नुभयाे - 'विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसद्ले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ, प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।'
प्रतिनिधि सभामा आर्थिक वर्ष २०७८-७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरिन् ।
