काठमाडाैं । सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइने बताउनुभएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाको आजको बैठकमा पेस भएको 'सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी सञ्चारमाध्यम पनि प्रतिष्पर्धा गर्न लायक हुनुपर्ने बताउनुभयाे ।
पहिला पहिला सरकारी सञ्चार माध्यम भनेका सरकारकाे भजन मण्डली गाउँने भन्ने गरिएकाे र अहिले धेरै परिवर्तन भइसकेकाे बताउनुभयाे । कर्मचारी व्यवस्थापनमा ध्यान दिइने उहाँले बताउनुभयाे । मन्त्री शर्माले सिर्जनात्मक ढंगले निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताउनुभयो ।
विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उहाँले राज्यले लगानी पनि गर्ने र स्वतन्त्र ढंगले अगाडि बढाउने विषय विधेयकमा राखिएको बताउनुभयाे । राज्य आफ्नो दायित्वबाट पन्छिएकाे भन्दै मन्त्री शर्माले निजी क्षेत्रसँग कन्टेन्टमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभयाे ।
विधेयकमाथि व्यापक छलफल हुने पनि उहाँले बताउनुभयाे ।
