काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल पार्वतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का निलम्बित सांसद् ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न कारबाही गर्न माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै उहाँले घूस लिने काममा निलम्बित सांसद् श्रेष्ठ मुछिएका हुन्-होइन? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नुभयाे ।
घूस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाे भन्दै सांसद् रावलले यसबारे सदनलाई जवाफ दिन माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'हामीले देखिरहेका छौं अहिले २ करोडको अडियो एकदमै भाइरल भइरहेको छ, यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं-घूस लिने र दिने राज्यको शत्रु हाे, राज्यले यसकाे सत्यतथ्यछानिन गरेर कारबाहीकाे दायरामा आउनुपर्छ ।'
याे घटना आईरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्ने भन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउनुभयाे ।
सरकारले हडबडमा गठबढ गर्ने सक्ने उहाँले बताउनुभयाे ।
