काठमाडाैं । सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख तीन दलका शीर्ष नेता सहमत भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा मंगलबार बिहान बसेकाे बैठकले यस्ताे सहमति गरेकाे हाे । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद् ईश्वरी न्यौपाने बैठकमा सहभागी हुनुभएकाे थियाे ।
आजको बैठक सभामुख घिमिरेको पहलमा बसेको हो ।
