काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् भानुभक्त जोशीले बैतडीको झौंखेलमा भएकाे जीप दुर्घटनामा आफ्न्त गुमाएकाका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् जाेशीले सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिलेसम्म शव नबुझेकाले तत्काल क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गर्नुभयाे ।
रोजगारीका लागि भारतमा गएर बिसु पर्व मनाउनका लागि नेपाल फर्कँदै गरेका बझाङका मजदूरहरु सवार साे जीप मंगलबार राति दुर्घटना भएकाे थियाे । जीप दुर्घटनामा ६ जनाको ज्यान गएको थियाे ।
