काठमाडौं । बिहीबार बस्ने तय भएकाे राष्ट्रिय सभा बैठक सरेकाे छ ।
बिहीबार दिउँसाे १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक २०८० वैशाख ४ गतेका लागि सारिएको संघीय संसद् सचिवालयले बुधबार सूचनामार्फत जानकारी दिएकाे छ ।
'मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ' - सूचनामा लेखिको छ ।
