काठमाडाैं । गण्डकी प्रदेशकाे प्रदेश सभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार अधिवेशन आह्वान गर्नुभएको हाे । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।
प्रदेश सभा भवन नदीपुरमा वैशाख ९ गते शनिबार दिउँसो ३ बजे प्रदेश सभा बैठक सुरू हुनेछ ।
