काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बस्ने बैठकका लागि ३ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग (तेस्राे संशाेधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (तेस्राे संशाेधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितकाे विधेयक टेबुल गरिने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियाेस्' भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
