काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको आलोचना गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिँदै वर्तमान व्यवस्था संकटमा पर्यो भन्दै दिनुभएको अभिव्यक्ति प्रति उहाँले आपत्ति जनाउनुभयो । ‘यो व्यवस्था संकटमा पर्यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोजेको हो ?’ उहाँले भन्नुभयो ।
बैठकमा बोल्दै गैरेले सदन चलिरहेको बेला व्यवस्था संकटमा परेको हो भने प्रधानमन्त्रीले सदनमा आएर बोल्नु पर्ने र त्यस बारे संसद्लाई जानकारी गराउनु पर्ने बताउनुभयो । ‘यो व्यवस्था माथि सङ्कट आएको हो भने, सदनमा आउनु पर्यो, सदनलाई जनाकारी गराउनु पर्यो, सदन सूचित हुनु पर्यो’, उहाँले भन्नुभयो ।
कसले यो व्यवस्था उल्टाउन खोजको छ भन्ने कुरा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उहाँले माग गर्नुभयो । ‘के कारणले सङ्कट पैदा भएको हो, हामी ती सबै चुनौतीलाई सामना गर्न संसद् तयार हुनुपर्छ, त्यो जानकारी प्रधानमन्त्रीले सदनमा गर्नु पर्छ’, उहाँले भन्नुभयो ।
