काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले आइतबारको प्रतिनिधि सभा बैठकमा एउटा सूचना जारी गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पन्तले यस्तो सूचना जारी गर्नुभयो :
नागरिकताको नामः श्री पुष्पकमल दाहाल
चलन चल्तीको नामः प्रचण्ड
स्थायी ठेगानाः फेरिराख्ने
अस्थायी ठेगानाः कहिले खुमलटार कहिले बालुवाटार
पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने ।
उमेरः ६५ नाघेको ७० नपुगेको जस्तो देखिने
उहाँ केही दिन अघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पर्नुहुने व्यक्तिले संसद् भवन नयाँबानेश्वरमा बुझाइदिनु होला ।
उहाँ अन्तिम पटक देखिएको स्थानः बालुवाटारको छेउछाउ । धन्यवाद
