काठमाडाैं । प्रतिनिधि सभा बैठकमा दुई विधेयक टेबुल भएका छन् ।
राष्ट्रिय सभाबाट 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७' र 'भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७' का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गर्नुभएको हो ।
राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेकाे छ ।
बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।सभामुख देवराज घिमिरेले उहाँको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको थियाे ।
