काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।
