काठमाडाैं । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकले साे प्रस्ताव पारित गरेकाे हाे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएकाे साे प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएकाे हाे ।
विसं १९८१ सालमा जन्मनुभएका तुम्बाहाम्फेकाे चैत २४ गते ९७ वर्षकाे उमेरमा निधन भएको थियो । २०१५ सालको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँले निर्वाचन क्षेत्र नम्बर-२६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित हुनुभएकाे थियाे ।
