काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न संसदीय समितिमा समावेश गर्न पार्टीका सांसद्को नाम सिफारिस गरेको छ ।
राप्रपा संसदीय दलले सदनका विभिन्न १० वटा समितिमा समावेश गर्न पार्टीका सांसद्काे नाम सिफारिस गरेकाे हाे । राप्रपाले सार्वजनिक लेखा समितिमा संसदीय दलका नेता एवं अध्यक्ष राजेन्द्र लिङ्देन र विक्रम पाण्डेलाई पठाइएको छ ।
अर्थ समितिमा ज्ञानबहादुर शाही र दिपक सिंह तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पशुपतिशमशेर जबरा र धवलशमशेर जबरालाई पठाएको छ ।
उद्योग तथा वाणिज्य समितिमा गीता बस्नेत, कानुन समितिमा ध्रुवबहादुर प्रधान, कृषि समितिमा अनिशा नेपाली, महिला समितिमा रोशन कार्की, राज्यव्यवस्था समितिमा बुद्धिमान तामाङ, पूर्वाधार विकास समितिमा दीपक बोहोरा र विना लामा तथा शिक्षा समितिमा विना जैशवाललाई पठाइएको छ ।
