काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
आज दिउँसाे २ बजेर ३१ मिनेटका लागि बाेलाइएकाे बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
अर्काे बैठक सूचनामार्फत जानकारी दिइने सचिवालयले जनाएकाे छ । 'सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी सम्मानीय अध्यक्षज्यूले निर्धारण गर्नहुने व्यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ'- सूचनामा लेखिएकाे छ ।
