काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले मुग्लिन-नारायणगढ सडक खण्डको पहरो फोर्नका लागि विस्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा पुगेको भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् पन्तले यस विषयमा रक्षामन्त्री र भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताउनुभयाे ।
सुरुमा फाइल हराएकाे र त्याे फाइल पछि भारतीय दूतावासमा फेला परेकाे समाचार आएकाे भन्दै उहाँले यी विषयमा सदनलाई स्पष्ट पार्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । विष्फाेटक पदार्थ माग्दा फाइल नै पठाउन किन आवश्यक पर्याे भन्दै सांसद् पन्तले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'के हामीले विष्फाेटक पदार्थ माग गर्दा फाइनल नै पठाउनुपर्छ ? नेपाल त अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वकाे मैदान बन्याे, चिनियाँ कप्पनीले टेण्डर हालेर पाएकाे र उनीहरु संलग्न रहेकाे प्राेजेक्टमा पनि भारतले विष्फाेटक पदार्थ नपठाउने, चिनियाँ कम्पनी संलग्न भएकाेबाट भर्खर ९० टन आयाे अब २०० टन आउँदैछ रे ?'
यसकाे व्यवस्थापन सबै नेपाल आर्मीले गर्ने गरेकाे भन्दै सांसद् पन्तले मकवानपुरकाे सुनाचरीमा रहेकाे फ्याक्ट्रिमा विस्फाेट पदार्थ बन्ने तर नेपाललाई प्रयाप्त नहुने बताउनुभयाे । करिब-करिब २ हजार ट विस्फाेटक पदार्थ चाहिने भन्दै उहाँले विस्फाेटक पदार्थ नहुँदा अर्बाैं रुपैयाँ नेपाललाई नाेक्सान परेकाे बताउनुभयाे ।
नेपालमा उत्पादन हुँदैछ भारतले हामीसँग पनि अप्ठेराे मानिरहेकाे छ भनेकाे भन्दै सांसद् पन्तले आफ्नाे देशलाई चाहिने विस्फाेटक पदार्थउहाँले भन्नुभयाे -'याे कहाँ छ के छ ? याे समस्या समाधानका लागि भाैतिक याेजना मन्त्रीले स्पष्ट जानकारी लिनुपर्याे र रक्षा मन्त्रालयले पनि नेपाल एउटा आत्मनिर्भर र स्वतन्त्र देश हाे, सेनाले आफ्नाे देशलाई चाहिने विस्फाेट पदार्थ पनि उत्पादन गर्न नसक्ने अवस्थामा पनि राखिरहनु याे रक्षा मन्त्रालयकाे पनि गैरजिम्मेवार कुरा हाे, त्यसकारण भाैतिक र रक्षामन्त्रीले यी दुवै विषयमा जवाफ दिनुपर्छ ।'
