काठमाडाैं । नेकपा एमालेकी सांसद् बिजुला रायमाझीले युवाहरु देशमै बस्ने वातावरण बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् रायमाझीले प्रश्न गर्नुभयाे - '१८ देखि ४० वर्षभित्रका युवाहरु नेपालभित्रै बस्ने वातावरण कहिले बन्छ ? म सरकारलाई प्रश्न गर्न चाहान्छु ।'
विदेशबाट नेपाल फर्किएर व्यवसाय गरेका युवाहरुकाे व्यवसायी धराशाही भएकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
यसअघिकाे सरकारले एकैदिन शिलान्यास गरेका १५ शय्याका पालिकास्तरीय अस्पतालकाे अवस्थाबारे सदनलाई जानकारी गराउन पनि सांसद् रायमाझीले सरकारसँग माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'ती अस्पतालहरुकाे अवस्था के छ त्यसकाे जानकारी दिन सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।'
