काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बुधबार बिहान रुस प्रस्थान गर्नुभएको छ ।
रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उहाँ रुस जानुभएको हो । उहाँको टोलीमा आठ जना सदस्य छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष तिमल्सिनाले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट हुने बताउनुभयो । सो क्रममा दुई देशका संसदबिच केही सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो ।
