काठमाडाैं । नेपाली कांग्रेसका सांसद् एेन बहादुर शाही ठकुरीले चीनकाे तिब्बतसँग जाेडिएका कर्णाली प्रदेशका नाका खाेल्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् शाहीले भन्नुभयाे - 'चीनकाे तिब्बतसँग जाेडिएका कर्णाली प्रदेशका मुगुकाे नाक्चेनांग्ला र हुम्लाकाे हिल्सा नाका खाेल्नका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षण गर्न चाहान्छु ।'
उहाँले मुगुमा सरकारी कार्यालय नहुँदा जुम्लाबाट काम गर्नुपरेकाे भन्दै उहाँले आन्तरिक राजश्व, सडक, यतायात, भवन, सिंचाइ खानेपानी लगायत सरकारी कार्यालय मुगु जिल्लामै स्थापना गर्न सरकारसँग माग गर्नुभयाे ।
