काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साे विधेयक प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाली आउनुभएकामा उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको जानकारी गराउनुभएको थियो ।
