काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि अधिकारीले दाेस्राे पटक विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका थिए ।
आज बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत लिनुहुनेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासकाे मत पाउन ३१ सांसद्को समर्थन चाहिन्छ ।
एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद् दिपक मनाङेकाे समर्थनमा उहाँ पुस २५ गते गण्डकीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । उहाँले पुस २९ गते प्रदेश सभाबाट विश्वासकाे मत पाउनुभएकाे थियाे ।
