काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले २०७२ सालको भूकम्पमा पीडित भएका हजारौँ नेपालीले अहिले पनि राज्यबाट पाउने अनुदान नपाएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले राज्यले अनुदान नदिँदा अहिले पनि ती नागरिकको छाप्राकै बास रहेको बताउनुभयो । भूकम्प पीडितले गरेको उजुरी माथि अझै पनि सरकारले निर्णय नगरेको उहाँले गुनासो गर्नुभयो । ‘भूकम्प पीडित अहिले पनि आहत भएर बस्नु परेको छ’, उहाँले भन्नुभयो ।
उहाँले सरकारले पेन्सन, सामाजिक सुरक्षा भत्ता र तलब रोकेको हो भने तुरुन्त त्यो पठाउन उहाँले माग गर्नुभयो । नभए सदनबाट अफवाह फैलाउने काम नगर्न उहाँले सुझाव दिनुभयो ।
उहाँले सरकारलाई विवादास्पद व्यापारीबाट सजग रहन सुझाव दिनुभयो । कहिले सीसी क्यामरा काट्ने त कहिले संसद् भवन भित्रै पसेर देशको अर्थतन्त्र ध्वस्त पार्ने व्यापारी अहिले अर्को नाम लिएर आएका भन्दै उहाँले सरकालाई सतर्क हुन आग्रह गर्नुभयो ।
