काठमाडौं । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अन्तर्राष्ट्रिय मान्यता विपरीत भ्रष्टाचारीलाई उन्मुक्ति दिने खालको भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै केसीले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको बताउनुभयो । ‘पाँच वर्ष भित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचार गर्नेहरू बच्नको निम्ति ल्याएको हो’,उहाँले भन्नुभयो ।
केसीले नेपालमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको बताउँदो त्यसको लागि कडा कानुन आवश्यक रहेको बताउनुभयो । यसको विपरीत राष्ट्रिय सभाले भ्रष्टाचारीलाई कारबाही गर्ने हदम्याद तोकेर विधेयक ल्याउनु दुःखको कुरा भएको केसीले बताउनुभयो ।
