काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि ५ वटा सम्भावित कार्यसूची तय गरिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुनेछ ।
बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्नुहुनेछ । साे प्रस्तावमा रघुजी पन्तले समर्थन गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथिको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नहुने सम्भावित कार्यसूची छ । सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
