काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दलका नेताको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली माथि झापामा अभद्र व्यवहारको प्रयास भएको भन्दै खतिवडाले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘प्रतिपक्षी दलका नेतालाई असुरक्षा भएको सूचना आइसक्यो, सुरक्षाको ग्यारेण्टी गर्ने व्यवस्था गरियोस्’, खतिवडाले भन्नुभयो ।
खतिवडाले सरकारले मिटरब्याज पीडितको कुरा गरिरहेको बताउँदै सहकारी, लघुवित्त र बैँकले समेत नागरिकलाई आतंकित बनाएको बताउनुभयो । ती वित्तीय संस्थाले घर घरमा गार्ड राखेर सर्वसाधारणलाई मिटरब्याजीले भन्दा बढी दुःख दिएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यसको लागि छिटो बाटोबाट कानुन ल्याउन पर्ने खतिवडाले सुझाव दिनुभयो ।
