काठमाडौं । जोर्डनमा जारी एएफसी यु-१७ महिला एसियन कप छनोटमा नेपालले खराब सुरुआत गरेको छ ।
बुधबार भएकाे आफ्नाे पहिलाे खेलमा नेपाल १-० गाेलले इरानसँग पराजित भएकाे हाे । इरानको जितमा एरिसा कु गार्डले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
छनाेटमा नेपाल समूह 'एच'मा छ । साे समूहमा नेपालसँगै, जोर्डन र इरान छन् । नेपालले समूह चरणको अन्तिम खेलमा १५ गते घरेलु टिम जोर्डनविरुद्ध खेल्नेछ ।
