काठमाडौं । संघीय संसद्का दुवै सदनको चालु हिउँदे अधिवेशन शुक्रबार मध्यरातबाट अन्त्य हुने भएको छ ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को वैशाख १२ गतेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयले शुक्रबार पत्र पठाई राति १२ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।
