काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।
शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हाे । शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थियाे ।
वैशाख १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार अधिवेशन अन्त्य भएकाे हाे ।
संसद्काे यस पहिलाे अधिवेशनले उल्लेख्य काम गर्न सकेन । यस अधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ पटक विश्वासकाे मत लिनुभयाे ।
वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि यस अधिवेशनमा दर्ता भए ।
अधिवेशनकाे अन्त्यतिर संसदीय समिति पनि गठन भए ।
