काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना कम्बोडिया प्रस्थान गर्नुभएकाे छ ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना आइतबार राति कम्बोडिया प्रस्थान गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण टाेलीमा संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल र वाग्मती प्रदेश सभा सदस्य अमन मास्के पनि हुनुहुन्छ । टोली वैशाख २४ गते स्वदेश फर्किने कार्यक्रम छ।
