काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएकाे छ ।
मंगलबार बसेकाे लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभा बैठकमा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा ५३ र विपक्षमा २९ मत परेकाे हाे । मत विभाजनमा ८७ जना सांसद् उपस्थित भएका थिए ।
विश्वासकाे मत पाएसँगै मुख्यमन्त्री चाैधरीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थाल्नुभएकाे छ ।
