काठमाडाैं । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यकाे शपथ लिनुभएकाे छ ।
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपचुनावमा बारा-२ बाट निर्वाचित यादवले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे हाे ।
सिंहदरबारमा आयाेजित एक कार्यक्रमबीच सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएकाे हाे । सभामुख घिमिरेले यादवलाई सांसद्को लोगो पनि लगाइदिनुभयाे ।
सोही उपचुनावमा तनहुँ-१ बाट निर्वाचित रास्वपाका स्वर्णिम वाग्ले र चितवन-२ बाट निर्वाचित रवि लामिछानेले भने वैशाख १५ गते नै शपथ लिनुभएकाे थियाे ।
