काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई राज्यले थप सम्मान र सहयाेग गर्नुपर्ने बताउनुभएकाे छ ।
एसिया कपकाे छनाेटमा पुगेकाे नेपाली टाेलीलाई मंगलबार बधाई दिँदै सभामुख घिमिरेले राज्यकाे तर्फबाट खेलाडीलाई थप सम्मान र सहयाेग आवश्यक रहेकाे बताउनुभयाे । नेपालकाे अभूतपूर्व जितले नेपाल र नेपालीकाे शीर उचाे बनाएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
यसबाट नेपाली क्रिकेटकाे व्यवसायीकरणमा थप सहयाेग हुने विश्वास सभामुख घिमिरेले व्यक्त गर्नुभएकाे छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेकाे थियाे । उपाधिसँगै नेपाल एसिया कपकाे छनाेटमा पुगेकाे छ ।
