काठमाडाैं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङगेसहित ३५ प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
प्रदेश सभाबाट विश्वासकाे मत पाउन नसकेपछि खगराज अधिकारी नेतृत्वकाे एमाले सरकार ढलेपछि गण्डकीमा गठबन्धन नेतृत्वकाे सरकार बनेकाे हाे ।
सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा दाेस्राे पटक विश्वासकाे मत लिनुभएकाे थियाे । तर विश्वासकाे मत पाउनुभएन ।
