काठमाडाैं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभा बैठकमा भएकाे मत विभाजनमा उहाँकाे पक्षमा ३५, विपक्षमा २२ र तटस्थमा ३ मत परेकाे छ । बैठकमा ५९ जना सांसद् उपस्थित भएका थिए ।
मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङ्गेले विश्वासकाे मत दिनुभएकाे हाे ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
