काठमाडाैं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक भोलि बस्दै छ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक वैशाख २४ गते अपरान्ह ४ बजेका लागि आह्वान गर्नुभएकाे हाे ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएकाे छ । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को बार्षिक बजेट तथा त्यसअघि आउने सरकारकाे नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
